सभाहलमा बसेका सबैकाे स्वाब लिइयाे, साेमबार रिपाेर्ट आउने !

|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट फर्केकालाई राखिएपछि आज दिनभर कार्यालयको कामकाज हुन सकेन।  कोरोना भाइरसको संक्रमण हुन सक्ने डरले कर्मचारी त्रसित हुँदै बाहिरिएपछि कामकाज प्रभावित भएको हो।

गए मध्यराति नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले कैलालीको त्रिनगर नाका हुँदै भारतबाट भित्रिएका ११ जनालाई राखेका हुन्। नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सल्लाहबिना र स्वास्थ्य जाँचबिनै उनीहरुलाई सभाहलमा राखिएको भन्दै संक्रमण हुने डरले कार्यालयबाट कर्मचारी बाहिरिएका थिए।

‘भारतबाट मध्यरात आएपछि आपतकालीन अवस्थामा राख्नुपरेको हो। त्यस बेला कसैसँग पनि सल्लाह गर्न पाइएन’, नगर प्रवक्ता सिंहले भने, ‘सभा हलमा सुरक्षित तरिकाले राखिएको छ, कर्मचारीले त्रसित हुने कुनै कारण नै छैन,’ उनले भने, ‘होम क्वारेन्टाइनमा बस्न राति भएकाले पठाउन नसक्दा सभाहलमा राखिएको हो।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले कोरोना जोखिम हुने भएकाले सेवा दिन गाह्रो परेको बताए। ​कार्यालयबा बसेका उनीहरुले शौचालय र धारा प्रयोग गरेका छन्। जसका कारण कर्मचारी नै कार्यालय परिसरमै जान डराएका छन्। 

कार्यालयको सभाहलमा राखिएका उनीहरुलाई श्रीकृष्ण माध्यमिक विद्यालयमा सारिएको छ। विद्यालयमा सारेपछि तत्कालै नगरपालिका कार्यालयलाई सेनेटाइज गर्ने कार्य गरिएको नगर प्रमुख दिल बहादुर ऐरले बताए। ती सबैको कोरोना परीक्षणका लागि स्वाब लिइएको र भोलि नै रिपोर्ट आउने उनले जानकारी दिए। 
  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.