|

डडेल्धुरा : डडेल्धुरामा श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। 

श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी गन्यापधुरा गाउँपालिका ३ की ३८ वर्षीया माधवी शाहीलाई धनगढी लैजाँदै गर्दा बाटोमै शनिबार मृत्यु भएको थियो।मृत्युपश्चात सेती अस्पतालको प्रयोगशालामा उनको स्वाब संकलन गरी आइतबार कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रिफर गरिएकी ती महिलाको भीमदत्त राजमार्गको बुडर नपुग्दै मृत्यु भएको भएको थियो। मृतक महिला धनगढी उपमहानगरपालिका ४ बोराडाँडी र गन्यापधुरा ३ की हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.