|

नेपालगन्ज :  बाँके जिल्लामा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिदै गएको छ। हिजो मात्रै बाँकेमा थप ४८ जनामा कोरोनाको संक्रमण देखियो।  पछिल्ला ४ दिनमा बाँकेमा मात्रै १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रदेश ५ का १२ वटै जिल्लामा कोरोनाको संक्रमण देखि पनि सबै भन्दा बढी नया कोरोना संक्रमण बाकेमा देखिएको छ। प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश ५ का १२ जिल्लामा कुल ४ सय २६ जना संक्रमित छन्। ती मध्ये २ सय २२ जना बाँकेका छन। बाँके पछि दोस्रो धेरै ९७ जना संक्रमित कपिलबस्तुमा छन् भने तेस्रो धेरै संक्रमित बर्दियामा ३२ जना छन्।

अन्य जिल्लाहरुमा ३० भन्दा कम संक्रमित छन । सबै भन्दा कम संक्रमित अर्घाखाँचीमा २ जना मात्रै छन्। कोरोनाको संक्रमितबाट प्रदेश ५ मा हाल सम्म १४ जनाको मृत्यु भएको  छ। सबै भन्दा बढी ३ जना मृत्यु हुने जिल्लामा बाँके, गुल्मी र अर्घाखाँचीका छन्। 

समुदाय स्तरमा संक्रमण फैलिए पछि  नेपालगन्जको शहरी क्षेत्र हिजोदेखि ३ दिनका लागि सिल गरिएको छ भने साउन १८ गते देखि लगाइएको निषेधाज्ञा लाई थप तिन दिन बढाएर २७ गते सम्म पुराइएको छ। 

बाँकेमा हालसम्म सबै भन्दा बढी ३६ वडा प्रहरी कार्यालय  नेपालगन्ज र बाँकेमा कार्यरत प्रहरी छन्। वडा कार्यालयका प्रमुख प्रहरी निरीक्षकदेखि सिपाहीसम्म संक्रमित भए पछि वडा कार्यालयलाई सिल गरेर आइसोलेशनमा परिणत गरिएको छ। 

त्यसै गरी आन्तरिक राजस्व कार्यालयमा १२ जना जिल्ला अदालत बाकेमा ७, कारागार, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा ५, नेपाली सेनाको कौशिल्या नगर ब्यारेकमा ९ जना, कारागार शाखा बाँकेका ६ जना कैदी बन्दीमा पनि संक्रमण देखिएको छ।

त्यसै गरी  नेपालगन्ज उप महानगरपालिकाका २३ वटा वडा मध्ये १९ वटा वडामा संक्रमण देखिएको छ।  बाँकेमा आज सम्म ६ सय २१  जना संक्रमितको पहिचान भएको छ । पहिचान भएका संक्रमित मध्ये २ सय २२  को उपचार भई रहेको छ। ४ सय ११ जना निको भएर घर फर्किसकेका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.