|

काठमाडौं :  तीन दिनदेखि लगातार परेको  वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन। 

वर्षाका कारण सुदूरपश्चिम प्रदेशसभा कार्यालय पनि डुबेको  धनगढी उपमहानगरपालिका मेयर नृप बडले जानकारी दिए।  धनगढीको क्याम्पस रोड , एलएन चोक, पार्क चोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएकाे बडले बताए।  यस्तै वडा नं ३ र ८ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन्।

पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि  घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको  स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.