रिपोर्ट आएपछि 'हाई प्रोफाइल' नै हराए

|
महेन्द्र बहुमुखी क्याम्पसमा स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी

बाँके : बाँकेमा कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन्। स्वाब संकलन केन्द्रमा गएर स्वतस्फूर्त रुपमा स्वाब दिएकाहरु कोरोना रिपोर्ट पोजेटिभ आएपछि बेखबर भएका हुन्। कोरोना संक्रमित बेखबर भएपछि उनीहरुलाई खोज्न प्रहरी परिचालन गर्नुपर्ने भएको छ।

पिसिआर परीक्षणका लागि दबाब दिनेहरु नै रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कविहीन भइदिँदा स्थानीय सरकार, प्रहरी, प्रशासन र स्वास्थ्यकर्मीलाई तनाव भएको छ। पोजेटिभ रिपोर्ट आएपछि बेखबर भइदिँदा रिपोर्ट बनाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले गुनासो गरेका छन्। 

२३ साउनयता संक्रमण पुष्टि भएका मध्ये १२ जना सम्पर्कमा नआएको उनले बताए। कोरोना पुष्टि भएपछि सम्पर्कविहीन हुनेमा ‘हाई प्रोफाइल’ व्यक्ति समेत रहेका खुलेको छ।

संक्रमण पुष्टि भएपछि जिल्ला समन्वय समिति बाँकेका एकजना अधिकृतसमेत मोबाइल अफ गरेर बसेको खुल्नमा आएको छ। बेखबर संक्रमितको खोजी गर्न समय लाग्ने भएपछि ‘कन्ट्रयाक ट्रेसिङ’मा परेकाहरुको नमुना संकलन गर्न नसकिएको श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.