|
प्रतिकात्मक तस्विर

काठमाडौं :  काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए। 

उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। १९ गते स्वाब संकलन गरी २१ गते कोरोना पुष्टि भएको थियो। मृतक संक्रमितमा भाइरल ज्वरो, निमोनिया र मधुमेहको समस्या रहेको  गेलालले थाहाखबरलाई बताए।

शवलाई व्यवस्थापन गर्ने तयारी भइरहको उनले जानकारी दिए। यसअघि पाटन अस्पतालमा काठमाडौं टोखाकी ४१ वर्षीया महिलाको गत शुक्रबार निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.