|

काठमाडौं :  केही दिन यता देशभरका विभिन्‍न जिल्लामा भएको स्वास्थ्यकर्मी, स्वयंसेविका तथा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनाप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ।

मन्त्रालयले बिरामीहरुको सेवामा अहोरात्र खटेका स्वास्थ्य सेवा प्रदायकमाथि भएको घटनालाई लक्षित गरी आपत्ति जनाएको हो। केही दिन अगाडि वीरगञ्ज ललितपुर र बैतडीमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकामाथि उच्छृङ्खल व्यक्तिहरुबाट आक्रमण भएको थियो।

अबदेखि स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा स्वास्थ्य सुरक्षा ऐन बमोजिम कारवाही हुने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताए।

उनले भने, 'कडा भन्दा कडा कारवाही हुने ब्यहोरा अवगत गराउँछु। स्थितिलाई सामान्यीकरण एवम् सेवा प्रदायक स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा ब्यवस्था गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछु।'

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाइदिन उनले सुझाव दिए। कोभिड-१९ सहित सम्पूर्ण स्वास्थ्य सेवा गुणस्तरीय रुपमा सञ्चालन गर्न सकिने उनले बताए।

स्वास्थ्य संस्थाहरूबाट प्रवाह भइरहेको सेवाप्रति कसैको गुनासो भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हट लाइन नम्बर ११३३ वा १११५ मा गुनासो भए टिपाउन उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.