जनकपुुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ५३ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ३१ जना महिला छन्। योसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार सबभन्दा बढी पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ५६ जना वीरगन्ज महानगरपालिकाकै छन्। जिल्ला प्रहरी कार्यालय पर्सामा पनि १३ संक्रमित थपिएका छन्।
वीरगन्जको नारायणी अस्पतालको क्वार्टरमा बस्ने थप एक पुरुषमा कोरोना पुष्टि भएको छ। यस्तै भारतीय वाणिज्य दूतावासमा पनि १ संक्रमित थपिएका छन्। बेल्वा हेल्थ पोस्टका १ जना, पोखरिया अस्पतालका ३ जना र ओम आश्रम श्रीपुरका १ जनामा पनि कोरोना देखिएको छ।
यस्तै सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ जना र महोत्तरीमा ३ जना कोरोना संक्रमित थपिएका छन्। सिरहा र सप्तरीमा भने पछिल्लो २४ घण्टामा एक जना पनि संक्रमित नभेटिएका मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।
तीन जनाको मृत्यु
पछिल्लो २४ घण्टामै तीन जनाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि सामाजिक विकास मन्त्रालयले गरेको छ। धनुषाका ५० वर्षीय पुरुष र पर्साकी २ महिलासहित तीन जनाको मृत्यु भएको हो। पर्साकी मृतक महिला २० र ४५ वर्षकी हुन्।
धनुषाका मृतक पुरुष ५० वर्षीय मिथिला विहारी नगरपालिका ६ का विन्देश्वर मण्डल हुन्। उनी जनकपुरस्थित विनय तारा फाउन्डेसन क्यान्सर सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए। योसँगै प्रदेश २ मा मृत्यु हुनेको संख्या २९ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।