|

बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । अछामको चौरपाटी-५ का ५० बर्षिय लोकेन्द्र रावलको मृत्यू पछि कोरोना पुष्टि भएको हो। 

उनलाई २० साउनमा शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकोमा २५ साउनमा मृत्यू भएको अस्पतालका उप-निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए। 

मृत्यु हुनुअघि २५ साउनमा उनको स्वाब संकलन गरिए पनि सोमवार बेलुकी मात्र रिपोर्ट आएको डा.श्रेष्ठले बताए। कोरोना पुष्टि भएका रावल हेपाटाइटिस वी रोगले ग्रस्त भएको उनले बताए।

कोरोनाका कारण यसअघि शिक्षण अस्पताल कोहलपुरमा बैजनाथ गाविस, बाँकेकी एक महिला, कोहलपुर नगरपालिका–२, की ७० वर्षीया महिला र कैलालीका एक पुरुषको मृत्यू भइसकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.