|

काठमाडौं :  अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चलेको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला गोली चलेको थियो। घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए। राष्ट्रपति ट्रम्प पत्रकार सम्मेलनमा बोलिरहेका बेला गोली चलेपछि उनका सुरक्षाकर्मीले कानेखुशी गर्दै घटनाबारे जानकारी दिएर उनलाई भित्र लगेका थिए। 

झण्डै १० मिनेटको ब्रिफिङ पछि पत्रकार सम्मेलनमा फर्किएका राष्ट्रपति ट्रम्पले बाहिर कसैले गोली चलाएको र स्थिती नियन्त्रणमा रहेको बताए। उनले अमेरिकी सेक्रेट सर्भिसका सुरक्षा अधिकारीहरुले कुनै हतियारधारीलाई गोली चलाएको हुनसक्ने पत्रकारहरुसँग बताए। 

उनका अनुसार घटनापछि कसैलाई अस्पताल लगिएको छ। ट्रम्पले यो असामान्य परिस्थिति भएपनि सेक्रेट सर्भिसको व्यवसायिक ढंगले काम गर्ने तरिकाको प्रशंसा गरेको बीबीसीले जनाएको छ। घटना आफूप्रति लक्षित भए नभएकोबारे आफूलाई थाहा नभएको ट्रम्पको भनाइ थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.