|

नेपालगन्ज :  बाँकेको  नेपालगन्ज स्थित कारागार कार्यालयमा कोरोना संक्रमण फैलिए पछि ४७ जना महिला कैदी बन्दीलाई बर्दिया र दैलेख  सार्ने तयारी भई रहेको छ।  ३० जनालाई दैलेख र बाँकीलाई बर्दिया सार्ने गरी तयारी भई रहेको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।

कारागार कार्यालय बाँकेमा रहेका ७ जना पुरुष  कैदी बन्दीलाई साउन २० गते कोरोना संक्रमण देखिएको थियो। बाँके कारागारमा ७ सय ४० जना पुरुष र ४७ जना महिला कैदी बन्दी छन्। पुरुष र महिला कैदी बन्दी राख्ने फरक फरक कोठा र प्रबेशद्धार सहितका दुई वटा वार्ड छन्।   महिला वार्डमा रहेका कैदीबन्दीलाई बर्दिया र दैलेखमा सारेर खाली गरी आइसोलेशन वार्डमा परिणत गर्ने तयारी भई रहेको छ।

कारागारमा रहेका थप कैदी बन्दीमा कोरोना  संक्रमण देखिएमा त्यहि आइसोलेशन वार्डमा राख्ने गरी ब्यबस्था मिलाउन लागिएको प्रजिअ कुरुम्वाङले बताए। बाँकेका ७ जना कैदी र वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत ६ जना प्रहरीमा गरी १३ जनाका कोरोना संक्रमण देखिएको छ। 

कोरोनाको संक्रमण फैलिए पछि नेपालगन्जको आन्तरिक राजस्व कार्यालय र वडा प्रहरी कार्यालयलाई शिल गरेर आइशोलेशन स्थलमा परिणत गरिएको छ।  आन्तरिक राजस्व कार्यालयलको आइसोलेशनमा ११ जना, वडा प्रहरी कार्यालयको  आइसोलेशन ३२ जना लाई राखिएको छ।  समुदाय स्तरमै संक्रमण फैलिए पछि २७ गते सम्मका लागि  निषेधाज्ञा जारी गरिएको छ।

बाँके जिल्लाका कोरोनाका संक्रमितहरु मध्ये २० देखि २५ प्रतिशतमा लक्षणहरु देखिएको छ। नेपालगन्जका आइसोलेशन स्थलहरु भरिए पछि ५ जना संक्रमितलाई थप उपचारको लागि दाङ पठाइएको छ। नयाँ संक्रमितहरुमा ज्वरो आउने र रुघा खोकी जस्ता लक्षण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

बाँकेमा आज सम्म ६ सय ३१  जना संक्रमितको पहिचान भएको छ। पहिचान भएका संक्रमित मध्ये २ सय २३  जनालाई आइसोलेशनमा राखेर उपचार भई रहेको छ। ४ जनाको मृत्यु भएको र ४ सय ५ जना निको भएर घर फर्किसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.