|

बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित बाँकेमा मंगलबार थप २६ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा गरिएको परीक्षणमा शिक्षण अस्पतालका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ।

शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सनसमेत रहेका उपनिर्देशक डा. दिनेश श्रेष्ठका अनुसार एमबीबीएस उत्तीर्ण गरी इन्टर्नमा रहेका डाक्टरलाई कोरोना भएको हो। अन्य चारजना भने अस्पतालको विभिन्न विभागमा काम गर्ने कर्मचारी रहेको उनले बताए।

भेरी अस्पतालमा मंगलबार कोरोना पुष्टि भएका ५९ जनामध्ये दाङको नेपाली सेनाको फिएबाट संकलित स्थायी ठेगाना विभिन्न जिल्ला भएका २९, दाङ जिल्लाका अन्य तीन र १ जना अछामका पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

कन्ट्रयाक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षण गर्दा नेपालगन्जका २१ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

नेपालगन्ज मेडिकल कलेजमा लिइएको स्वाब परीक्षण गर्दा अछामका एकजनासहित पाँच जनामा कोरोना संक्रमण देखिएको छ। दिउँसो १२ बजे सार्वजनिक गरिएको रिपोर्ट अनुसार, राप्तीसोनारी गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.