|

काठमाडौंः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले केन्द्रीय सदस्य सरोज भण्डारी माथि चितवनमा अज्ञात समूहले गरेको आक्रमक घटना अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

अनेरास्ववियूले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल अनुसन्धान गरी अपराधिक गतिविधि सिर्जना गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ,‘घट्ना जुनसुकै उदेश्यले गराइएको भएपनि खुकुरी र रडसहित अपराधिक मनोवृत्तिद्वारा गरिएको यस्तो प्रकारको आक्रमणको जति निन्दा गरेपनि कम हुन्छ। यस प्रकारका अपराधिक गतिविधि सिर्जना गर्ने समूह र व्यक्तिमाथि छिटोभन्दा छिटो अनुसन्धान गरी दोषिहरुलाई कडा कानुनी कारबाही गर्न सरकार तथा सम्बन्धित प्रहरी प्रशासनसँग माग गर्दछौँ।’

सदस्य भण्डारीमाथि साउन २५ गते साझ चितवनको रत्ननगर नगरपालिका-३ स्थित शान्ति टोलमा हिँडिरहेको अवस्थामा अज्ञात समूहले आक्रमण गरेको थियो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.