|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बसन्तथलास्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी २२ वर्षीया राधा ओडको आज करेन्ट लागेर मृत्यु भएको छ।

भारतको बैंगलोरबाट आएको ओड श्रीमानसहित आजै क्वारेन्टाइनमा बस्न गएकी थिइन्‌। नुहाउने क्रममा विद्युतीय मोटरबाट तानिएको पानीमा नुहाउने क्रममा उनलाई करेन्ट लागेको थियो। 

करेन्ट लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएपनि ओडको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरीका प्रहरी नायव निरीक्षक भरत धामीले जानकारी दिएका छन्‌। 

मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ। नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु भएको घटना दुःखद रहेको बताएका छन्‌। पीडित परिवारलाई नगरपालिकाका तर्फबाट सहयोग गरिने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.