|

भारतीय प्रहरीले गोली हानेर पूर्वी बैंग्लोरमा दुईजना प्रदर्शनकारीलाई मारिदिएको छ।

सोसल मिडियामा देखिएको एक आपत्तिजनक पोष्टका विरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुमाथि प्रहरीले गोली चलाएको थियो।

प्रदर्शनकारीहरूले प्रहरीका दुईवटा स्टेशन र एकजना विधायकको घरमा हमला गरेको बताइएको छ। प्रहरीले ११० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। 

कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका एक नातेदारले सामाजिक मिडियामा एक आपत्तिजनक पोष्ट गरेका थिए। त्यसलगत्तै आक्रोशित स्थानीयले विरोध प्रदर्शन थालेका थिए। 

प्रदर्शनकारीहरूले आपत्तिजनक पोष्ट गर्नेमाथि कारबाहीका लागि प्रहरीसँग माग गरेका थिए। तर प्रहरीले उल्टै प्रदर्शनकारीहरूमाथि गोली चलाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.