|

काठमाडाैं :  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा समयमै उपचार नपाएर मृत्यु भएका बालकको चित्कारले हामीलाई पोल्नु पर्दैन भन्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्।

आज ट्वीटरमा लेख्दै प्रवक्ता शर्माले मान्छेको चित्कारले हामीलाई पोल्नु पर्दैन भन्दै प्रश्न गरेका हुन।  ट्वीटरमा ओली र दाहाललाई प्रश्न गर्दै उनले लेखेका छन्, ‘सत्ता द्वन्द्व क्रममा मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन? नौ वर्षका बालकको मृत्युपछि आएको कोरोना नेगेटिभ रिपोर्ट फ्रेममा सजाएर सिंहदरबारमा राख्ने कि धुमबाराही? बाराको बारागढीका बालक सुशील साहको मंगलबार झाडापखालाको कारण मृत्यु भएको थियो।

शर्माले मृत्यु भएका बालकसँग माफी माग्दै भनेका छन्, ‘माफ गर बाबु, तिम्रो मृत्यु झाडापखालाले होइन हाम्रो अकर्मण्यताले भएको हो।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.