मलामी गएका ५६ जनाको स्वाब लिइँदै

|

जनकपुरधाम : उपचारको क्रममा मृत्यु भएका महोत्तरीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। मृतकको दाहसंस्कार समेत भइसकेको छ। मठियानी नगरपालिका–६ का ४५ वर्षीय पुरुषको दुई दिनअघि जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको थियो। 

मृतक पुरुषको रिपोर्ट आज पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले पुष्टि गरे। मृतक मधुमेह र फोक्सोका रोगी थिए। उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरेर उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

मृत्युपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका थियो। तर शव परिवारलाई बुझाएपछि त्यही दिन गाउँमै दाहसंस्कार गरियो। दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि भएकाले गाउँका अन्य व्यक्तिमा पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। मृतक गाउँका स्थानीय अहिले त्रसित बनेका छन्।

मृतकको दाहसंस्कारमा सहभागी ५६ जनाको पहिचान गरी स्वाब संकलन गरिरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए। अहिले मठियानी बजार र वडा नम्बर ६ लाई पूर्ण रुपमा सिल गरेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.