काेराेना राेकथाममा सरकार असफल भएकाे सांसदहरुकाे टिप्पणी

|

काठमाडौं : नेपालको अद्यावधिक नक्सा जारी गरे पनि सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको सांसदहरुले आरोप लगाएका छन्। 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिकाे बुधबारको छलफलमा सांसदहरुले भारतसँगको वास्तविक सीमा समस्या समाधानका सरकार गम्भीर नभएको आरोप लगाएका हुन्। 

स्ट्रिप नक्साको बलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमाथिको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन्। 

सांसद देवेन्द्रराज कँडेलले जारी भएको नयाँ नेपालको नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ कि छैन भन्ने प्रश्न गरेका थिए। द्वन्द्व कालमा नेपाली टोलीसमेत भारतमा गएर जारी गरेको नक्साका कारण समस्या उत्पन्न भएको देखिएकोले यसप्रति गम्भीर हुन उनले सरकारको ध्यानाकर्षण गराए। 

सांसद राम सहाय प्रसाद यादवले सीमासम्बन्धी वास्तविक काम कति सम्पन्न भयो भन्ने तथ्यांक सम्बन्धित मन्त्रालयलगायत सरोकारवालासँग भए/नभएको शंका व्यक्त गरे। नक्सा जारी भए पनि सीमा समस्या समाधानका लागि सरकार तयार नभएको उनले पनि बताए। 

सांसद नरबहादुर धामीले सीमा रक्षाका क्रममा गोविन्द गौतमको हत्या भएको घटनामा अनुगमन गर्न चुकेको सरकार जग्गाधनी पुर्जा समेतको भूमि भारततर्फ जाँदा पनि सरकार गम्भीर नभएको बताए। नेपालभित्र हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनतालाई आतंकित बनाउने गरेको कुरा पटक पटक संसदमा उठाउँदा पनि सरकारले वास्ता नगरेको भन्दै उनले आपत्ति जनाए। 

त्यस्तै सांसद रेखा शर्माले दीर्घकालीन रुपमा सीमा समस्या समाधान गर्ने बाटोतर्फ सरकार अग्रसर हुनुपर्ने बताइन्। 

बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अद्यावधिक नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको बताइन्। स्ट्रिप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेको उल्लेख गर्दै भारतको केही भूमि नेपालतर्फ समेत रहेको बताइन्। 

बैठकमा कोभिड—१९ का सन्दर्भमा पनि छलफल भएको थियो। प्रतिपक्षी दलका सांसदहरुले कोरोना रोकथामका लागि सरकारले काम नसकेको बताएका थिए। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरु प्रति गरको टिप्पणीप्रति सांसदहरुले आपत्ति व्यक्त गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.