|

कपिलवस्तु :  जिल्ला अस्पतालका २ डाक्टरसहित १६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ।

बुधबार थपिएका १८ जनामध्ये २ जना समुदायका रहेका छन्। कपिलवस्तु जिल्ला अस्पतालबाट संकलित ९१ स्वाबमध्येबाट याे संख्यामा काेराेना देखिएकाे हाे। जसमध्ये ६० जनामा कोरोना देखिएको छैन भने १३ जनाको रिपोर्ट आउन बाकी छ। 

यो थप भएसँगै जिल्लामा संक्रमित संख्या ९ सय १ पुगेको छ। ९५ जना संक्रमित उपचारका क्रममा छन। उपचारमा रहेका सबै समुदायबाट संक्रमित भएका हुन्। कपिलवस्तु नगरपालिकामा ७० जना, कृष्णनगरमा २१ जना, शिवराज नगरपालिकामा ४ जना उपचार क्रममा छन्।

बुधवार कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा उपचारमा रहेका १ संक्रमितसहित २ जनाको मृत्युसमेत भएको पुष्टि भएको थियो। कपिलवस्तुमा बैंकर, स्वास्थ्यकर्मी, शिक्षक विद्यार्थी, व्यापारी, सुरक्षाकर्मीमा कोरोना देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.