|

काठमाडौ :  राजधानीको मुटुमै रहेको छ कपन। घनाबस्ती भएको कपनमा चावहिलबाट गोपीकृष्ण वा चुच्चेपाटीबाट महांकाल हुँदै  पुग्न सकिन्छ।  

कपन पुग्न चारवटा सडक भए पनि कपनबासी भने घरबाट कतै जानु नपरोस् भनेर कामना गर्छौं भन्छन्। विभिन्न बहानामा भत्काइएका कपन जाने सडक हिलाम्मे भएर हिँडिसक्नु छैनन्।​ 

हिलो र खाल्डाखुल्डी भएपछि विगतका धेरै बर्षदेखि सास्ती बेहोर्दै आएका कपनका स्थानीय  हरिबहादुर केसी भन्छ्न् "अब त हामीले बाटो बन्ला भन्ने आशा नै मारी सक्यौ। बर्खा लागे पछि आएर खनिदिन्छन्। जे जसरी भए पनि हामी हिँडिरहेका हुन्छौ। तर जब बर्खा लाग्छ अनि आएर खनेर छोडिदिन्छन्। यसले गर्दा अप्ठेरो माथि अझ अप्ठेरो थप्ने काम मात्र हुन्छ।"

लामो समयदेखि बन्ने भनिएका बाटाहरु अझै सम्म पनि निर्माण कार्य सुरु भएको छैन।

हेर्नुस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.