|

काठमाडौं :  उपत्यकामा कोरोना भाइरस ( कोभिड-१९)  संक्रमण को जोखिम बढ्दै गएपछि सरकारले होटल मल तथा रेष्टुरेन्टमा कार्यरत सबैको पिसिआर परिक्षण गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सपिङ मल, रेष्टुरेन्ट तथा होटलमा काम गर्ने व्यक्तिको अनिवार्य रुपमा पिसिआर परीक्षण गराउन सम्वन्धीत उद्योगका सञ्चालकहरुलाई अनुरोध गरेको हो।

घना बस्ती भएका जिल्लाका विभिन्‍न शहरहरुमा कोभिड-१९ को संक्रमण बढ्दै गइरहेको भन्दै त्यस्ता व्यापार तथा उद्योगका कामदारको पिसिआर गरेर नेगेटिभ आएपछि मात्रै काममा लगाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षर भएको सूचनामा यस्ता व्यवसायमा सम्लग्न व्यवसायीले आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न गराउन भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.