|

पर्सा : काठमाडौंको सुन्धारामा ‘सुन चाँदी’ र पेस्तोलको झोला बरामद काण्डमा प्रयोग भएको स्कोर्पियो लुकाएर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्। 

उनलाई पर्सा र बाराको संयुक्त प्रहरी टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो। अन्सारीको बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन चाँदी र पेस्तोलको झोला भएपछि भागेका उनीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पिछा गरिरहेको थियो। 

बारा प्रष्टोखा घर भएका अन्सारी माथि अपराध महाशाखाको निगरानीको समयमा पर्सा बारामा लुकेर बसेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा अन्सारी आज बिहान बाराको निजगढबाट पक्राउ परेको प्रहरीले जनाएको छ। 

दुवै जिल्लाका प्रहरीको समन्वयपछि पक्राउ परेका अन्सारीलाई कसरी सार्वजनिक गर्ने? भन्नेबारेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन । अन्सारी पक्राउ परेको प्रहरीको उच्च स्रोतले जनाएको छ। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र र पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने आफूहरुलाई यो बिषयमा केही आधिकारिक कुरा आइनपुगेको तर्क गरे।

तीन वर्षे कैद भुक्तानपछि छुटेका अन्सारी 

डेढ दशक अघिबाट भारतीय नक्कली नोट कारोबारमा सम्लग्न हँुदै जेल परेर अंसारी छुटिसकेका अभियुक्त हुन्। उनी २०७२ जेठ ३० मा पक्राउ परेका थिए। जिल्ला अदालत ललितपुरले उनलाई ०६७ जेठ २६ मा ३ वर्ष कैद र २ करोड ६१ लाख जरिवाना हुने फैसला गरेको थियो। जाली नोट काण्डमा जेल परेका उनी कैद भुक्तान गरी जेल मुक्त भएका थिए। 

अन्सारीकै स्कार्पियो प्रयोग भएको सुन्धारा सुन काण्डमा साढे १५ केजी सुनलेपन चाँदी र आधा केजी सुन बरामद भएको थियो।

त्यो समयमा स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले दुईथान पेस्तोल समेत बरामद गरेको जनाएको थियो। आफ्नो स्कोर्पियो सुन–चाँदी र पेस्तोल काण्डमा प्रयोग भएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर इल्ताफ भागेका थिए। त्यसयता भने उनी धातुको कारोबारमा पनि जोडिएको उनलाई नजिकबाट चिन्नेले जनाएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.