मनोरञ्जन

जातीय भेदभावविरुद्धको  तीज गीत सार्वजनिक

साउन २९, २०७७

    काठमाडौं : नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। सर्जकहरूले​ नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ। यही अवसरमा गायिका सीता रसाईलीले तीजको अवसरमा 'वर्ष दिन बितेको' गीत सार्वजनिक गरेकी छिन्।

    श्रमजीवी दलित समुदाय युगौँदेखि जातीय भेदभावको चरम शोषण, दमनरुपी शिकारीको पन्जामा जकडिएको विषयलाई मुल कथा बनाएर बनाएको गीतमा बिबि अनुरागीको शब्द र संगीत रहेको छ।

    गीतमा अंजली अधिकारी, उत्सा र बन्दना नेपालको अभिनय रहेको छ भने निर्देशन भने शंकर बिसिले गरेका छन्। यो गीत मुलतः छुवाछूत र जातिय विभेदविद्धमा रहेको छ । गीतको सम्पादन नविन घर्तीमगरले गरेका हुन।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]