काठमाडौं : सुनको भाउ आज फेरि बढेको छ। हिजो ह्वात्तै घटेको सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय पुगेको छ। हिजो सुनको मूल्य ६ हजार २ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो।
मंगलबार सुनको मूल्य १ लाख १ हजार ६ सय रुपैयाँ थियो। कोरोना भाइरसको महामारी कारण केही दिनयता सुनको भाउ लगातार बढिरहेकोमा हिजो ह्वात्तै घटेको थियो। तर आज पुनः सुनको भाउ बढेको महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला २ सय २५ रुपैयाँ घटेको चाँदी आज ८५ रुपैयाँ बढेर १२ सय ९५ रुपैयाँ तोला पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।