कोभिड-१९ {अपडेट}

सर्लाहीको हरिवनका १३ जनामा कोरोना पुष्टि

साउन २९, २०७७

    सर्लाही : सर्लाहीको हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालापोतका एक जना कर्मचारीसमेत गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    गत सोमबार हरिवन नगरपालिकाअन्तर्गत जनप्रतिनिधि, व्यापारी, सरकारी कार्यालय वित्तीय संस्थाका कर्मचारी र संचारकर्मी गरी ४ सय ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसोसम्म परीक्षण गरेर सकिँदा १३ जनाको पोजिटिभ रिपोर्ट आएको नगरप्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिए। 

    संक्रमितहरुको खोजी गरी हरिवन नगरपालिका–११ बासाटोलस्थित निर्माणाधीन नगरपालिकाको भवनमा ल्याएर बेग्लाबेग्लै आइसोलेटेड गरेर राखिने नगर प्रमुख प्रसाईंले बताएका छन् । समुदायस्तरमै कोरोनाको संक्रमण पाइएपछि अब थप सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]