|

कञ्चनपुर : क्वारेन्टाइनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई बिहीबार नगरप्रमुख कर्ण बहादुर हमालले घरमै पुगेर किरिया खर्च हस्तान्तरण गरेका छन्।

नगर प्रमुख हमालले ओडका परिवारलाई २५ हजार रुपैयाँ किरिया खर्च हस्तान्तरण गरेका हुन्। उनले फेरि पनि सक्दाे सहयाेग गर्ने बताएका छन्। मंगलबार साँझ महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा करेन्ट लागेर २३ वर्षीया ओडको ज्यान गएको थियो। 

ओडको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ। पिसिआर रिपोर्ट आएपछि मात्रै शव परिवारलाई जिम्मा दिइने भएको छ। मृतकका परिवारलाई क्षतिपूर्ति माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए। पीडित परिवार र नगरपालिकाका पदाधिकारीबीच भएको छलफलमा मृतक परिवारका माग सम्बोधन गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.