कोरानाले मृत्यु भएकाको शव स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने

|

जनकपुरधाम ः कोरोना भाइरस संक्रमण तथा जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता तथा राहदानीसम्बन्धी सेवा बन्द गर्ने भएको छ। 

कार्यालयका प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्रले साउन ३० गतेबाट नागरिकता तथा राहदानीसम्बन्धी अन्य सेवाहरु बन्द गरिएको सूचना जारी गरेका हुन्। कार्यालय बन्द रहेका बेला पनि अत्यावश्यक सेवा भने उपलब्ध हुने सूचनामा उल्लेख छ।

यस्तै कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने निर्णयसमेत गरिएको छ। उनका अनुसार कोरोना संक्रमितको जनकपुरमा उपचार क्रममा मृत्यु भएमा जनकपुरधाम उपमहानगरले तत्कालै शव व्यवस्थापन गर्नुपर्ने निर्णय पनि भएको छ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ। शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सेवा अनिश्चित कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.