|

रौतहट : रौतहटको राजपुर नगरपालिकामा बिहीबार दिउँसो भैंसी तस्कर र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपलाई नियन्त्रण लिन रौतहट प्रहरीले १४ राउण्ड हवाई र ८ राउण्ड अश्रु ग्यास फायर गरेकाे छ।  

लकडाउनको समयमा पनि    भारत बाट तस्करी गरेर अवैध रुपमा नेपाल भित्र्याउँदै  गरेको राँगा भै‌ंसी नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ थान राँगाभैंसी एकै ठाउँमा जम्मा पारेर राखेको सूचनाको आधारमा नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन।

तस्करले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड अश्रु ग्यासको सेल र १४ राउण्ड हवाई फायर गरेको डिएसपी श्रेष्ठले बताए। अहिले त्यहाँको अवस्था समान्य रहेको उनले जानकारी दिए। सीमा क्षेत्रमा पर्ने सो गाउँमा पटक पटक प्रहरी र स्थानीयबीच झडप हुँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.