काठमाडौं : जर्मन क्लब आरबी लेइपजिङ युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको क्वाटरफाइनल खेलमा स्पेनिस टोली एटलेटिको मड्रिडलाई २–१ गोलले पराजित गर्दै लेइपजिङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५० औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै लेइपजिङलाई अग्रता दिलाएका थिए।
तर ७१ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पु¥याए। टेलर एडम्सले ८८ औं मिनेटमा निर्णायक गोल गर्दै लेइपजिङको सेमिफाइनल यात्रा सुनिश्चित गरेका हुन्।
अब फाइनल प्रवेशका लागि लेइपजिङले पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्नेछ। पीएसजी हिजो राति भएको खेलमा एटलान्टालाई २–१ गोलले हराउँदै सेमिफाइनल पुगेको हो।
प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनलमा आज राति बार्सिलोना र बार्यन म्युनिखबीच प्रतिष्पर्धा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।