|

सुर्खेत  ः अविरल वर्षाका कारण  राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। 

जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु  भएको हो ।

पहिरोमा  घर पुरिँदा  वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको  कर्णालीका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।

स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।  घटना स्थलमा फोनले काम नगरेको पनि उनले बताए। उनका अनुसार घर भत्केको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.