|

हेटौंडा : कोरोनाको हटस्पट बन्दै गएको हेटौंडामा कर्मचारीमा पनि संक्रमण देखिन थालेको छ। बागमती प्रदेश प्रमुखको कार्यालयका सचिवमा पनि संक्रमण पाइएको छ। प्रदेश प्रमुख कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई लक्षणसहितको संक्रमण देखिएको हो। 

बुधबार साँझ ज्वरो आउने र घाँटी दुख्न थालेपछि कोरोना आशंका गरिएको थियो, त्यसपछि कोरोना परीक्षणका लागि स्वाब नमुना हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाएर नतिजा हेर्दा कोरोना पुष्टि भएको हो।  

उनी कर्रास्थित आइसोलेसनमा छन् । सचिव बुर्लाकोटीलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यको पनि स्वाब सङ्कलन हुने भएको छ। सचिव बुर्लाकोटी श्रीमती, छोरी र एक जना सहयोगीसहित  हेटौंडामै बस्दै आएका छन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.