|

काठमाडौं :  कोरोना महामारी नियन्त्रणका लागि शील गरिने काठमाडौं महानगरपालिका वडामा स्थानीयबासीले घरमै फोहोर व्यवस्थापन गर्नुपर्ने भएको छ।

संक्रमण फैलिदै गएपछि विभिन्न वडा शील गर्नुपर्ने भएकोले सम्बन्धित वडावासीले घरमै फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको हो।

कोरोना भाइरसको संक्रमित संख्या बढिरहेकाले महानगरले विभिन्न वडा र स्थान शील गरिरहेको छ। यसरी शील र सर्टडाउन गर्दा फोहोर व्यवस्थापनमा असहज अवस्था देखिने र सुरक्षाका उपाय अवलम्वन गर्नुपर्ने भएकाले घरमै फोहोर व्यवस्थापन गर्न महानगरले आग्रह गरेको हो। 

फोहोर व्यवस्थापनमा असहज अवस्था उत्पन्न हुने भएकोले शील गरिएको स्थानका वडाबासीले घरमा फोहोर व्यवस्थापन गर्न आव्हान गरिएको काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, 'शील नभएका वडाबासीले बाहिर फोहोरको गाडी आउँदा लगेर व्यवस्थापन गर्नुपर्छ, फोहोर फाल्न जाँदा संक्रमण फैलने त्रास बढ्ने भएकोले शील गरिएको वडाका स्थानीयलाई घरमा फोहोर व्यवस्थापन गर्न भनिएको हो।'

यतिखेर वर्षाका कारण सिसडोलमा फोहोर व्यवस्थापन गर्न पनि गाह्रो भइरहको छ। काठमाडौं उपत्यकाबाट गएका फोहोरलाई सिसडोलमा राख्ने गरिएको छ। त्यसको वैकल्पिक स्थानको लागि बन्चरे डाँडालाई प्रयोगमा ल्याउने प्रयास भइरहेको श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.