|
फाइल फोटो

काठमाडौं : मुलुकभरको रहेका कोभिड अस्पतालका आइसियुमा ८९ र भेन्टिलेटर ४ जना संक्रमित उपचाररत छन्। प्रदेश २ मा ४३ जना आइसियुमा, बागमतीमा ४६ र गण्डकीमा १ जना रहेका छन्। बागमती प्रदेशमा ४ जना भेन्टिलेटरमा उपचाररत छन्।

९ सय ४२ आइसियु र ४ सय ९६ भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। बागमती प्रदेशमा आइसियु र भेन्टिलेटर रहेका छन्। जसमा ६ सय ३० आइसियु र ३ सय ६१ भेन्टिलेटर रहेको प्रवक्ता गौतमले जानकारी दिए।

२४ घन्टामा देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण पाइएको छ। देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २ सय ४० जना डिस्चार्ज भएका छन्। देशभर शुक्रबार ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.