बैंकका २ कर्मचारी र ३ सुरक्षाकर्मीसहित बर्दियामा आज पनि थपिए १२ संक्रमित

|

बाँके/बर्दिया : भेरी अस्पतालले पिसिआर विधिबाट स्वाब परीक्षण गर्ने दायरा बढाए पनि संक्रमित संख्या भने घट्दै गएको छ। भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ११ जनामा कोरोना पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा सात सय नमुना परीक्षण गर्दा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार, कोहलपुर नगरभित्रका ६, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका तीन र भेरी अस्पताल नेपालगन्जमा स्वाब संकलन गरिएका दुई जनामा कोरोना पुष्टि भएको छ। 

योसँगै बाँकेमा कोरोना संक्रमित संख्या ६ सय ९६ पुगेको छ। चार सय ३५ जनाले कोरोना जितेका छन्। संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ। बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाले जनाएको छ।

बैंकका २ कर्मचारी र ३ सुरक्षाकर्मीसहित बर्दियामा आज पनि थपिए १२ संक्रमित

यता बर्दियामा पनि आज १२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। ठाकुरबाबा नगरपालिकामा–३ जना, गुलरिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४ जना र राजापुर नगरपालिकाका ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले जानकारी दिए। 

आज थपिएकामध्ये २ जना बैंकका कर्मचारी, ३ जना सुरक्षाकर्मी, ३ जना व्यापारी र ४ जना छन् भने होम क्वारेन्टाइनमा बसेका व्यक्ति पनि रहेको जनाइएको छ। ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का १३, ४० र ४३ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। केही दिनअघि बर्दिया ठाकुरबाबा–९ घर भएका नेपालगन्जको एक बैंकमा काम गर्दै आएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो। 

उनको कन्ट्याक ट्रेसिङमा परेका ३ जनामा आज कोरोना पोजेटिभ देखिएको छ। उनीहरु होम क्वारेन्टाइनमा बसिरहेका थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.