|

काठमाडौं :  लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बीमा गरिदिने भएको छ। ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो।

 खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खेलाडीमा सानो भए पनि बीमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ। खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले बताए। 'खेलाडीको कोरोना बीमा अहिलेको आवश्यकता हो, ट्रष्टले यो सराहनीय काम गरेको छ', उनले भने।

खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उनको भनाइ छ। खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना सङ्क्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए। तेह्रौँ सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो। पुरुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो। हाल भलिबल खेलाडीले आआफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उनले उल्लेख गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.