|

ओखलढुंगा : सुन्दर बेंसीका फाँटदेखि ३३ सय ५० मिटर सम्मको उचाइमा रहेको ओखलढुंगाका लेकाली जंगलहरुमा यतिबेला जंगल नै रातम्र्य पारेर घँगारु फलि रहेका छन् । साउन भदौको सिजन घँगारु फल्ने सिजन हो। 

यो सिजनमा जिल्लाको खिजीदेम्बाको खिजिफलाटे, खिजिचण्डेश्वरी, खिजिकाति लगायत अन्य लेकाली जंगलहरुमा घँगारुले ढाकिएका छन्। अहिले जंगलहरु घँगारु फलेर राताम्मे बनेका छन् । घँगारुको फल खान र काठ लट्ठी बनाउन मिल्ने भए पनि वर्षौदेखि खेर गइरहेका छन्। 

पर्याप्त मात्रामा रहे पनि घँगारुको फल र काठ उपयोगमा आउन सकिरहेको छैन । ओखलढुंगाका धेरैजसो घरेलु तथा साना उद्योगहरु आयातित कच्चा पदार्थको भरमा चलिरहेका छन् । 
यो क्षेत्रमा पाइने घँगारु, ऐँसेलु, काफललगायतका जंगली फल तथा जडीबुटीबाट विभिन्न उद्योगहरु सञ्चालन ल्याउने हो भने पर्याप्त मुनाफा लिन सकिने सम्भावना रहेको छ।

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.