१६ वर्षे क्रिकेट करियरबाट विश्राम

|

इलाम : भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। १६ वर्ष भारतीय टोलीमा रहेका ३९ वर्षीय धोनीले इन्टाग्राममा एक भिडियो पोष्ट गर्दै सन्यास घोषणा गरेका हुन्। 

इन्स्टाग्राम मा  ‘मैं पल दो पल का शायर हूं’गीताका साथ एक भिडियो पोस्ट गरेका छन्। यसका साथै उनले लेखेका छन्, 'तपाईंहरुबाट मलाई सदैव मिलेको माया र साथका लागि आभारी छु। आज साँझ ७ बजेर २९ मिनेटपछि मलाई तपाईंहरुले सन्यास लिएको सम्झिनुस्।' गीतका साथ उनले सुन्दर ढंगले आफनो करियरको सबै उतारचढाब पनि देखाए। 

धोनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तानको रुपमा चिनिन्छन्। उनले कप्तानको रुपमा ३ वटा आइसिसी ट्रफी भारतलाई दिलाउन सफल भए। क्रिकेटको छोटो फर्मेट टि-२० क्रिकेटको पहिलो संस्करण सन २००७ को विश्वकप, सन २०११ को एकदिवसीय विश्वकप र सन २०१३ को आइसीसी च्याम्पियन्स ट्रफी दिलाउने कप्तानको रुपमा धोनी चिनिन्छन्। 

उनको पछिल्लो पटक सन २०१९ को विश्वकप न्युजिल्यान्डविरुद्ध सेमिफाइनल खेलेका थिए। उक्त खेलमा ५० रनमा रन आउट भएसँगै धोनी भारतीय टोलीमा थिएनन्।

म्यानचेस्टरमा ९ जुलाई २०१९ मा न्यूजिल्यान्डविरुद्ध खेलिएको यस सेमिफाइनलमा धोनीले ७२ बलमा ५० रन बनाएका थिए। उनी लोअर ब्याटिङ्ग अर्डरका ब्याटस्म्यानसँग मिलेर २४० रनको लक्ष्य पछ्याइरहेका थिए। 

तर मार्टिन गुप्टिलको थ्रो मा उनी २ इन्चले क्रिजबाट बाहिरिएका थिए। यही दुई इन्चका कारण भारतले पनि विश्‍‍वकप यात्रा समाप्त गरेको थियो। समर्थक उदास थिए, धोनी पनि आँखामा आँसु लिएर पेभेलियन फर्किरहेका थिए। 

सन् २०१५ को एकदिवसीय विश्वकप र २०१६ को टि-० विश्वकपमा धोनीले भारतको कप्तानी गर्दै सेमीफाइनलसम्म पुर्‍याएका थिए। सन २००४ मा बंगलादेशविरुद्ध भारतीय टोलीबाट एकदिवसीय क्रिकेटमा डेव्यु गरेका थिए। सन् २००५ मा श्रीलंका विरुद्ध टेष्ट र २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टि-२० मा डेब्यु गरेका थिए।

धोनीले पहिलो खेल २३ डिसेम्बर २००४ मा बंगलादेशविरुद्ध चटगाउँमा खेलेका थिए। त्यसबेला सौरभ गांगुली कप्तान थिए। गांगुलीले आफ्नो स्थानमा धोनीलाई नम्बर-३ मा ब्याटिङका लागि पठाएका थिए। तर धोनी यस सिरिजमा फ्लप रहे। उनले तीन वान डेमा केबल १९ रन बनाएका थिए। तर अघिल्लो सिरिजमा पाकिस्तानविरुद्ध १२३ बलमा १४८ रन बनाए। उनको यादगार खेलले टिमकै विश्‍वासिला खेलाडी सावित भए।

धोनी ७ जुलाईमा ३९ वर्षका भएका थिए। उनको जन्म झारखण्ड (त्यसबेला बिहार) को राँचीमा भएको थियो। धोनीले भारतका लागि अहिलेसम्म सबैभन्दा धेरै २०० वान डेमा कप्तानी गरे। उसमा भारतलाई ११० पटक जिताए। उनी विश्‍वका तेस्रो यस्ता कप्तान हुन् जसले सबैभन्दा धेरै वान डे म्याचमा कप्तानी गरे। 

धोनीले आफ्नो कप्तानीमा देशलाईसन् २००७ मा टी-२० र २०११ मा वान डे विश्‍वकप जिताएका थिए। यसमा अलावा सन् २०१३ मा च्याम्पियन्स ट्रफी पनि जिताए। डिसेम्बर सन् २०१४ मा उनले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। 

१६ वर्षबीचमा उनले भारतीय क्रिकेट टोलीबाट ३५० एकदिवसीय खेलमा सहभागी बन्दै १० हजार ७३३ रन प्रहार गरेका छन्। उनी एकदिवसीय क्रिकेटमा सवैभन्दा बढी रन प्रहार गर्ने भारतीय खेलाडीको सूचीमा पाँचौ स्थानमा छन्। 

धोनी भन्दाअघि सचिन तेन्दुलकर, विराट कोहली, सौरभ गांगुली र राहुल द्रविड छन्। उनले ९० टेस्ट म्याच र ९८ टी-२० म्याच खेलेका छन्। दाँया हाते विकेटकिपर व्याट्समेन धोनीले टेस्ट क्रिकेटमा ६ शतक र ३३ अर्ध शतक सहित ४ हजार ८७६ रन प्रहार गरेका छन्। 

अष्ट्रेलियाविरुद्ध सन २०१४ मा खेलेपछि उनले टेस्टबाट सन्यास लिएका छन्।  क्रिकेटको सवैभन्दा लामो फम्र्याटबाट सन्यास लिनु अघि उनले भारतलाई टेस्ट क्रिकेटको शीर्ष स्थानमा उकालेका थिए। 

सन २००७ मा कप्तान नियुक्त भएपछि उनले १९९ एकदिवसीय र ७२ टी-२० मा भारतीय टिमको कप्तानी गरेका थिए। तीनवटै फर्म्याटको क्रिकेटमा ५० भन्दा बढी खेलमा कप्तानी गर्ने उनी एक मात्र खेलाडी हुन्। 

विश्वकै एक सफल कप्तान र उत्कृष्ट विकेटकिपर रहेका धोनी यस वर्ष अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न चाहन्थे। तर अक्टोबर नोभेम्बरमा हुने तय भएको विश्वकप कोरोना महामारीको कारण एकवर्ष पछिलाई सरेपछि धोनी सन्यास लिने निर्णयमा पुगेका हुन्। 

आगामी सेप्टेम्बर १९ देखि युएईमा हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि शुक्रबार चेन्‍नई सुपर किङ्ससँग जोडिएका थिए। धोनीले आफ्नो कप्तानीमा चेन्‍नईलाई तीन पटक आइपिएलको उपाधि दिलाएका थिए।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Thanks a lot for ur love and support throughout.from 1929 hrs consider me as Retired

A post shared by M S Dhoni (@mahi7781) on

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.