|

इलाम : भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। १६ वर्ष भारतीय टोलीमा रहेका ३९ वर्षीय धोनीले इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै सन्यास घोषणा गरेका हुन्। 

इन्स्टाग्राम मा  ‘मैं पल दो पल का शायर हूं’गीताका साथ एक भिडियो पोस्ट गरेका छन्। यसका साथै उनले लेखेका छन्, 'तपाईंहरुबाट मलाई सदैव मिलेको माया र साथका लागि आभारी छु। आज साँझ ७ बजेर २९ मिनेटपछि मलाई तपाईंहरुले सन्यास लिएको सम्झिनुस्।' 

धोनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तानको रुपमा चिनिन्छन्। उनले कप्तानको रुपमा ३ वटा आइसीसी ट्रफी भारतलाई दिलाउन सफल भए। क्रिकेटको छोटो फर्म्याट टि-२० क्रिकेटको पहिलो सँस्करण सन २००७ को विश्वकप, सन २०११ को एकदिवसीय विश्वकप र सन २०१३ को आइसीसी च्याम्पियन्स ट्रफी दिलाउने कप्तानको रुपमा धोनी चिनिन्छन्। 
यसैबीच धोनीको सन्यासपछि नेपाली क्रिकेटरहरुले पनि आफ्ना भनाइ राखेका छन्। नेपाली टोलीका पूर्वकप्तान पारस खड्कादेखि सन्दीप लामिछानेसम्मले धोनीको सन्यासबारे आफ्ना भनाइ राखेका छन्।​

आईपीएलको अनुभव बटुलेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पनि धोनीबारे केही लेखेका छन्। ‘अविस्मरणीय सम्झनाहरूका लागि धन्यवाद! सबै क्रिकेट खेलाडीका लागि प्रेरणा अनि एउटा महान टिम प्लेयरका रुपमा सधैं सम्झना रहनेछ। हामीलाई धेरै कुरा सिकाएकामा पनि धन्यवाद । खेलप्रतिको आत्मविश्वास, ऊर्जा र कडा मिहिनेतका लागि पनि धन्यवाद । खेलबाट निवृत्त जीवन सुखमय रहोस्।’

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि धोनीको सन्याबारे लेखेका छन्। 'क्रिकेटलाई विश्‍वसामु अझ उचाइमा पुर्‍याएको योगदानका लागि धन्यवाद! हेप्पी रिटायरमेन्ट!  क्रिकेटको दुनियाँका एक महान मान्छे निरपेक्ष तपाईंलाई सबैले मिस गरिरहने छन्  एमएस धोनी।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.