खेलकुद

सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

साउन ३१, २०७७

    नयाँदिल्ली : महेन्द्र सिंह धोनीले सन्यास लिएको एक घण्टापछि सुरेश रैनाले पनि सन्यास घोषणा गरेका छन्। ३३ वर्षीयले रैनाले पिन धोनीकै बाटो समातेका हुन्। 

    उनले धोनीकै शैलीमा इन्स्टाग्राममा यसबारे जानकारी दिएका छन्। रैनाले लेखे, माही! तपाईंसँग खेल्न पाउँदाको समय धेरै प्यारो थियो। अब अगाडिको यात्रामा पनि म तपाईंकै साथमा चल्न चाहन्छु। 

    सुरेश रैनाले ३० जुलाई २००५ मा श्रीलंकाविरुद्ध दाम्बुला वान डेबाट डेब्यु गरेका थिए। रैनाले १८ टेस्टमा ७६८ र २२६ वान डेमा ५६१५ रन बनाएका छन्। उनको नाममा  ७८ टी-२० मा१६०५ रन रहेको छ। रैनाले टेस्टमा र वान डेमा ५ शतक लगाए। टी-२० मेा उनको नाममा एक शतक छ।

    उनले यसअघि चयनकर्ताहरुले आफूलाई बिनाकारण टिमबाट बाहिर राखिदिएको आरोप लगाएका थिए। उनले एक युट्यूब च्यानलमा भनेका थिए, 'मलाई लाग्छ चयनकर्ताहरु सिनियरप्रति जिम्मेवार हुनुपर्छ। मसँग कुनै कमी भए मलाई बताउनुपर्थ्यो। जसले म सुध्रिन सकुँ। जबसम्म कारण पत्ता चल्दैन तबसम्म कोही कसरी सुध्रिन सक्छ?

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]