|
धादिङको बेनीघाटरोराङ–३, सलाङघाटस्थित पृथ्वीराजमार्गमा २०७६ साउन २५ गते दुर्घटनामा परेको बस।

धादिङ : संघीय राजधानी काठमाडौंसँग देशका ६७ जिल्ला जोड्ने राष्ट्रिय राजमार्गको ८८ किलोमिटर खण्ड धादिङ जिल्लामा पर्दछ।

धादिङ र चितवन जिल्लाको सीमा मौवा खोलादेखि नौबिसेसम्म ६७ किलोमिटर पृथ्वी राजमार्ग र नौबिसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौं जोड्छ। त्रिभुवन राजपथकै नौबिसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर त्रिभुवन राजपथ पनि धादिङ जिल्लामा पर्दछ।

पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ भएर गुड्ने सवारीसाधन राजधानीबाट बाहिरिने र राजधानी प्रवेश गर्ने गर्दछन्। लकडाउन सुरु हुनु अघिसम्म जुनसुकै समयमा पनि राजमार्ग अति व्यस्त हुने भएका दिनहुँजसो सवारी दुर्घटना पनि हुने गरेका थिए। 

गएको पाँच वर्षमा धादिङ जिल्लामा ८९२ वटा सवारी दुर्घटना भएर ४१४ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको अभिलेख हेर्दा दुर्घटनाको संख्या, ती दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको संख्या निकै धेरै छ।

वर्ष दुर्घटना संख्या मृत्यु गम्भीर घाइते घाइते
०७२।७३ ९० ६१ ११३ ९९
०७३।७४ ९८ ९० ११२ ९६
०७४।७५ १५५ ११७ २०७ २०२
०७५।७६ १३८ ९३ १८० २१०
०७६।७७ १२५ ५३ १४९ २०५

तथ्यांक स्रोत : जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ

दुर्घटना न्यूनीकरण गर्न चौबीसै घण्टा सक्रियताका साथ काम गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ। सवारी साधनको बढी चाप, सडकको भारवहन क्षमता कम र सडकमा परेको खाल्टाखुल्ट, साँघुरा घुम्ती र चालकको लापरवाहीले सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख भट्टको भनाई छ। 

धादिङ जिल्लाको भूभाग भएर दैनिक ११ हजारदेखि १३ हजारसम्म चार पाङ्ग्रे र सात हजारभन्दा बढी मोटरसाइकल आवतजावत गर्छन्। सवारी दुर्घटना न्यूनीकरण गर्न लामो दुरीका चालकहरुलाई लक्षित गरी रिफ्रेस सेन्टर सञ्चालन, चालकको स्वास्थ्य परीक्षण, पर्चा/पम्प्लेट र सन्देशमुलक कार्यक्रम आयोजना गर्ने गरिएको भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.