|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफुले पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको गठन र भूमिकामाथि प्रश्‍न नउठाएको बताएका छन्। 

'पार्टीभित्रका समस्याहरूको समाधान र संकटको निकासको लागि गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम सुरु गरेको अवस्थामा कार्यदलबारे भ्रामक प्रचार गर्नु गलत हो', उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्।

अध्यक्षद्वयको सहमतिमा कार्यदल गठन हुनुले सकरात्मक सन्देश दिएको बताउँदै उनले यसले पार्टी एकताको रक्षा सुनिश्चित गरेको पनि दाबी गरेका छन्। 'कार्यदलले तात्कालीन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुनःनिर्माण लगायत राष्टिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक, आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने विश्‍वास लिएको छु', उनले भनेका छन्। 

कार्यदलले पेश गर्ने सुझाब स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने उनको भनाई छ।‬ आफूले यसअघि नै पार्टी संकटको निकासको सूत्र सार्वजनिक गरिसकेको भन्दै उनले केन्द्रिय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्नु नै पार्टी एकताको रक्षा हुने बताएका छन्।

पार्टी भित्र केहि बिषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भइहाल्नु उपयुक्त नरहेको बताउँदै प्रवक्ता श्रेष्ठले बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनुपर्नेमा जोड दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.