|

इलाम : लामो समयदेखि डेटिङमा रहेका अष्ट्रेलियन महिला क्रिकेटरद्वय डेलिसा केमिन्स र लौरा ह्यारिस अन्ततः आइतबार विवाह बन्धनमा बाधिए। 

केमिन्सले आफ्नो इन्स्टाग्राममा विवाहको तस्बिर पोस्ट गर्दै सम्बन्धलाई औपचारिकता दिएको पुष्टि गरेका हुन्। दुवै जनाले २०१८ –१९ को महिला बिग बास लिगमा ब्रिसवन हिट्सबाट प्रतिस्पर्धा गरेका थिए। 

बिग ब्यास जितेपछि. ह्यारिसले केमिन्सलाई  विवाहको लागि प्रस्ताव गरेकी थिइन्। यो जोडीले चार वर्षसम्म एकअर्कालाई डेट गरेपछि विवाह गरेका हुन्। डेलिसाले इन्स्टाग्राममा तस्बिर राख्दै भनेकी छन्, ‘हाम्रो विवाहको दिनलाई हाम्रो जीवनको सर्वश्रेष्ठ दिन बनाउने व्यक्तिहरूलाई धन्यवाद।’ 

२९ वर्षीय ह्यारिसले ३ संस्करणको बिग ब्यास लिग ब्रिस्बनबाट खेलेकी छन्। फ्रेन्चाइज लिग प्रतिनिधित्व गर्ने क्रममा उनको सबैभन्दा अविस्मरणीय क्षेत्र आयो जब उनले २०१९–२० को वुमन बिग बास लिगमा विजयी चौका प्रहार गरिन्। उनले क्विन्सल्यान्डबाट डब्लुबिएलमा डेब्यु गरेकी थिइन्। 

अर्कोतर्फ अस्ट्रेलियाबाट १६ एक दिवसीयमा प्रतिनिधित्व गरेकी केमिन्सले ७९ रनका साथै १४ विकेट लिन सफल भइन्। अस्ट्रेलियाको जर्सीमा उनले ४१ खेल टी–२० आईमा सहभागि बन्दै १६२ रन प्रहार गरिन्। त्यस्तै ३९ विकेट समेत लिन सफल भइन्। केमिन्स सन २०१९ को एसेजका लागि इङल्यान्ड भ्रमण टोलीकी महत्वपुर्ण सदस्य समेत रहि सकेकी छन्।

एसेजमा दोश्रो महिला एकदिवसीय खेलमा उनले मेडन सहित ५ विकेट लिएकी थिइन्।  सन २०२० को टी–२० महिला विश्वकपको बिजेता टिममा समेत थिइन् केमिन्स। केमिन्स सन २००८ यता अष्ट्रेलियाको टोलीबाट एकदिवसीय र टी–२० मा प्रतिनिधित्व गर्दै आएकी छन्। ह्रयारिसले राष्ट्रिय टोलीमा मौका पाएकी छैनन्। उनी घरेलु प्रतियोगिता महिला विग बास लिग खेल्दै आएकी छन्। ह्रयारिस क्रिकेटका अलावा नर्सन समेत हुन्।

समलिङ्गी विवाह गर्ने अन्य क्रिकेटर

समलिङ्गी विवाह गर्ने डेलिसा र लौरा पहिला क्रिकेटर भने होइनन्। उनीहरुभन्दा अघि अन्य क्रिकेटरहरु सम्बन्धमा बाँधिइसकेका छन्। न्युजिल्यान्ड टिमकी सदस्य लिआ टाहुआ र एमी एमी स्यार्थवेट मार्च २०१७ मा सम्बन्धमा बाँधिएका थिए। गत जनवरीमा उनीहरुको एक छोरीको जन्म भएको छ।

दक्षिण अफ्रिकी महिला क्रिकेटर डेन भेन निकेरकले जुलाई २०१८ मा मारिजान कप्पसँग विवाह गरेका थिए। उनीहरु दुवैले १ सयभन्दा बढी एकदिवसीय र ७५ टी–२० आईमा प्रतिस्पर्धा गरेका छन्।

अष्ट्रेलियाका एलेक्स ब्ल्याकवेल र लिन्से एस्क्यू, मेगन शुट र जेक होलीवोके, जेस जोनासेन र सारा वेर्न आफना सहकर्मी महिलासँग विवाह बन्धनमा बाधिएका अन्य महिला क्रिकेटर हुन्। 

एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.