|

काभ्रे : काभ्रेमा ज्यान गुमाएका संक्रमित ९८ वर्षीय वृद्धका छोरा-बुहारीमा पनि कोरोना पुष्टि भएको छ। 

धुलिखेल नगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित ९८ वर्षीय वृद्धको उपचारका क्रममा आज (मंगलबार) बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको हो। मृतककको परिवारका १२ जनामध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालस्रोतले जानकारी दिएको छ। 

कोरोना पोजेटिभ देखिएका उनीहरु वृद्धको रेखदेख र सम्पर्कमा थिए। पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरु दुवैजना अहिले काठमाडौंस्थित बानेश्वरमा रहेको घरमै आइसोलेसनमा उपचाररत छन्। वृद्धलाई साउन २७ गते कोरोना पुष्टि भएपछि धुलिखेल अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो।

धुलिखेल अस्पतालमा कोरोनाबाट एक वृद्धको मृत्यु

जिल्लामा हालसम्म भेटिएका ८० मध्ये २ जना संक्रमितको निधन भएको छ। ३४ जना उपचारपछि घर फर्किएको र बाँकीको उपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन्‌।

​यसअघि जिल्लाको पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ वर्षिया महिलाको साउन २६ गते किष्ट अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो।

मृतक वृद्धको शव पशुपति अन्त्येष्टि गरिने

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाका अनुसार कोरोना भाइरसको कारण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ९८ वृद्धको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ।

प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएपनि समयमै रगत उपलब्ध गराउन नसकेको कारण बुबालाई गुमाउनु परेको उनको कान्छा छोराले बताए। उनका अुनसार वृद्धमा स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.