|

२० वर्षअघि 

‘बाले मेरा लागि केही गरेनन्।
बाले मलाई अंशमा मारे।
बाले त जन्माएको मात्रै हो मलाई। जेजति छु, आफ्नै बलबुताले हो।
त्यसैले बा हुनु र नहुनुको केही अर्थ छैन मलाई।’

आज

यत्रो वर्षपछि आज मलाई खोज्दै आएको रहेछ ऊ। पहिलेको तुलनामा बस्ती घना भएकाले घर भेट्टाउनै मुस्किल प¥यो भन्दै थियो। कतिपटक त चिन्नै नसक्नेगरी मोटाएछ। आवाजले मात्रै पहिचान भयो। धेरै वर्ष विदेश बसेको रे ! पैसा पनि राम्रै कमाएछ। त्यतिखेरका साना छोराछोरी ठूला भइसकेछन्। छोराले त बुहारी पनि भित्र्याइसक्यो रे ! यति कुरा सुनाउँदै गर्दा ऊ प्रसन्न देखिन्थ्यो।

‘बाहिरै बसेर कति कुरा गर्नु’, मैले भनेँ, ‘भित्र जाऊँ।’ यतिञ्जेल मेरा कुरा पनि सोधिसकेको थियो। उसले सुनाएजस्तो उल्लेख्य प्रगति थिएन। मेरो अवस्था उस्तै नै थियो। तर सन्तोषपूर्वक जिविका चलेकै थियो। ऊ भित्र पस्दैगर्दा सम्झिएँ, ‘बैठक कोठा पनि ऊ पछिल्लोपटक आउँदाको जस्तै थियो। २० वर्षअघि र अहिलेमा केही परिवर्तन थिएन। बस्न इशारा गरेँ। बस्दा नबस्दै दुःखद कुरा सुनायो, ‘बा रहेनन्। बर्खान्त पनि सकिएको छैन।’ सुनेर दुःख लाग्यो। समवेदना प्रकट गरेँ।

‘बा बितेपछि घर त शून्य छ।
बा त घरका ठूला स्तम्भ रहेछन्।
बाले धेरै कुरा धानेका रहेछन्।
हामी छोराका लागि भनेर बाले धेरै त्याग गरेका रहेछन्। बा त भगवान् रहेछन्।’

झट्ट सम्झिएँ संयोगवस आज २० वर्षपछि ऊ त्यही कुर्सीमा बसेको रहेछ। ऊ फर्किएको दिशा पनि एउटै हो। म पनि त्यही पुरानै कुर्सीमा छु। पहिलेजस्तै गरी मौन उसका कुरा सुनिरहेको छु।।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.