|

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लामा कोरोना भाइरसको कारण भयावह स्थिति सिर्जना हुँदै गइरहेको छ। बुधबार मात्रै हेटौंडा उपमहानगरपालिकाभित्र मात्रै मृत्यु हुने दुई जनामा कोरोना भाइरस देखिएको छ। 

हेटौडा १ का ६१ वर्षका पुरुष तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ की एक जना महिला रहेकी छन्। मृत्युपश्चात् भएको स्वाब परीक्षणबाट दुवैमा कोरोना पुष्टि भएको हो। 

मिर्गौला, उच्च रक्तचापलगायत दीर्घरोगी लागेर उपचाररत  हेटौंडा १ का ६१ वर्षीय पुरुषको मंगलबार राति निधन भएको हो। यस्तै हेटौंडा उपमहानगरपालिका–१९ सान्ननटारकी ६२ वर्षीया वृद्धाको मृत्यु भएको छ। तीन महिनादेखि कलेजोको क्यान्सरबाट पीडित भई चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। 

वृद्धाको मृत्यु हुनुअघि निकालिएको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको मेडिकल कलेजले जानकारी दिएको हेटौंडा १९ का वडाध्यक्ष नवराज सुवेदीले जानकारी दिए।  

प्रदेशको राजधानी हेटौंडा उपमहानगरका २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएराति मृत्यु भएका एक वृद्धसहित १५ जना पुरुष र ६ जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन्। 

यस्तै जिल्लाको भीमफेदी गाउँपालिकाका २ जनामा पनि कोरोना सङक्रमण पुष्टि भएको छ। हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालाबाट  बुधबार दिउँसो प्राप्त रिपोर्टअनुसार सबैभन्दा बढी हेटौंडा–४ का ७ जना रहेका छन्। साउन ३१ गते सङ्कलन गरिएको स्वाबको नतिजा आज प्राप्त भएको हो।

धमाधम बन्द हुँदै स्थानीय तह 

मकवानपुरको स्थानीय तहहरुले धमाधम अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिरहेका छन्। मकवानपुरको हेटौंडा उपमानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिकामा ९ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ। यस्तै गत साताबाट बकैया गाउँपालिकामा अत्यावश्यकबाहेक अन्य सेवा ठप्प छ भने सोमबारबाट इन्द्रसरोवर गाउँपालिका र  बुधबारबाट भीमफेदी गाउँपालिकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.