|

दैलेख : कर्णाली प्रदेशमा कोरोना भाइरसको केन्द्र बनेको दैलेखमा प्रशासनले निषेधाज्ञा जारी गरीएको छ। बिहीबार दिउँसो २ बजेदेखि लागु हुने गरी भदौ ७ गते राति १२ बजे सम्म जिल्लामा निषेधाज्ञा गरीएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ। 

प्रशासनले हालसम्म जिल्लामा कोराना भाइरसका ९ सय ७२ जनामा देखिएको जनाएको छ। तीनजनाको ज्यान गइसकेकाले सजगता अपनाउँदै संक्रमणको विस्तारलाई रोक्न जिल्लाभर निषेधाज्ञा गरिएको जनाएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा गरी जिल्ला प्रबेश गर्ने सम्पूर्ण नाकामा रोक लगाइएको छ। निषेधाज्ञाको उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.