|

सल्यान : बाढीले पहिरोले बागचौर नगरपालिका–१२ वाफँुखोलाका २५ घरपरिवार विस्थापित भएका छन्। 

बुधबारी राति आएको बाढीले वाफुँखोला जरेपानीका गंगाराम डाँगीका दुई घर र सूर्यबहादुर वलीको एक घर बगाएको वडा नम्बर १२ का अध्यक्ष दीपक वलीले जानकारी दिए। यस्तै बाढी पहिरोले  ओखरेनी, अध्यारे, भयारथानका २३ घरमा पनि क्षति पु¥याएको उनले बताए।

विस्थापितहरु मध्ये केही आफन्तको घरमा र केही विद्यालयमा बसेका छन्। अझै वर्षा भए १०० भन्दा बढी घरपरिवार विस्थापित हुने वडाध्यक्ष वली बताउँछन्। 

बाढीले एक करोड रुपैयाँभन्दा बढीको क्षति गरेको वडाध्यक्ष वलीले बताए। बाढीले घरमा रहेका अन्नवाली, बारीमा रहेको बालीनाली सबै बगाएको छ।

यस्तै, छत्रेश्वरी गाउँपालिका–२ दहखोलामा अविरल वर्षाले दुई घर भत्काएको छ। वर्षाले गोपाल विक र टिकाराम बस्नेतको घर भत्काएको वडाध्यक्ष प्रेम खड्काले जानकारी दिए।

यस्तै, बाढीले लक्ष्मण केसी, प्रेम केसी, विशाल पुन, तेजबहादुर कुँवर, गौरीलाल ओली, डिल्लीबहादुर ओली, जनक ओली, भिउसेन सुनार, पवित्र विक, डिल्ली दमाई, दलबहादुर ओली, टोपबहादुर डाँगी, टोपबहादुर ओली, केशरी खड्का, कृति हादुर बस्नेत, खड्क पुन, प्रेम नेपाली लगायतका घरहरु उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.