|

काठमाडौं : डा. डीआर उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ। उनको वियोगान्त गीत बजारमा आएको हो। ‘गए तिम्रा यादहरु’ बोलको सार्वजनिक गीत गायक राज सागरले गाएका हुन्। 

गीतमा संगीत पनि राज सागरकै रहेको छ। सार्वजनिक गीतमा साहस शाक्यले संगीत संयोजन गरेका छन्।  गीतको म्यूजिक भिडियो पनि रिलिज गरिएको छ। रोशिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा नयन सिंह, परुषोत्तम सानु, रुपा सुनार र रजिना भित्रीकोटीले अभिनय गरेका छन्। 

भिडियोमा छायाँकन तथा सम्पादन निर्देशकको नै रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.