|

ओखलढुंगा : ओखलढुंगाका एकजना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि छ।  लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेललाई कोरोना संक्रमण पुष्टी भएको हो।

लामो समयदेखि ब्यक्तिगत कामका शिलशिलामा राजधानी काठमाडौं रहेकी ढुंगेललाई संक्रमण पुष्टी भएको उपाध्यक्ष ढुंगेलले टेलिफोन मार्फत जानकारी दिइन्। आफुलाई समान्य ज्वरोको लक्षण देखिए पछि गत भदौ १ गते स्वाब संकलन गरेर परिक्षणमा पठाएकोमा ३ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको उपाध्यक्ष ढुंगेलको भनाइ छ। अहिले उनी काठमाडौंस्थित आफ्नै घरमा होम आईसोलेसनमा बसीरहेकी छन्। 

आफूजस्तो समान्य मानिसमा कोरोना देखिएको भन्दै अन्य धेरै नेपालीमा समेत परिक्षणको दायरा बढाए कोरोना संक्रमण पोजेटिभ देखिन सक्ने उनको अनुभव छ। समान्य ज्वरो तथा रुघा खोकीका लक्षण देखिएका आम नागरिकहरु परिक्षणको दायरा भन्दा बाहिर रहेकाले कतिले कोरोनाबारे थाहै नपाई रोग निको पारेको समेत उनको बुझाइ छ। 

ओखलढुंगाका जनप्रतिनिधिमा यो नै पहिलो संक्रमण रहको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.