|

इलाम : बहुप्रतिक्षित च्याम्पियन्स लिगको फाइनलमा बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिख र लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन प्रतिस्पर्धा गर्दैछन्। पोर्चुगिज क्लब बेनिफिकाको होम ग्राउन्ड इस्टेडियो डा लुजमा हुने खेलको उपाधिलाई विशेष महत्वका साथ हेरिएको छ। 

खेलमा बार्यनले बाजी मारे ट्रिबल अर्थात् एकै सिजनमा ३ वटा उपाधि हुनेछ। बेवेरियन उपमा पाएको बार्यनले सिजनमा बुन्डेसलिगाका अतिरिक्त जर्मन कपको उपाधि समेत रक्षा गरेको थियो। यता पिएसजीले जित निकाले सिजनको चौथो उपाधि मात्र हुनेछैन च्याम्पियन्स लिग जित्ने २३ औ टोली हुनेछ। 

उसले घरेलु प्रतियोगिता लिग वानका साथै फ्रेन्च लिग कप र कोपा डेल ला लिग जितेको थियो। तर्सथ जाइन्ट टोलीहरु च्याम्पियन्स लिगको उपाधि रक्षा गरेर सिजनको सुखद् अन्त्य गर्न चाहन्छन्। 

६ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको बार्यनले आजरातिको खेल जिते दोस्रो पटक सिजनमा ट्रबलको रेकर्ड बनाउनेछ। यसअघि २०१२–१३ को सिजनमा बार्यनले ३ वटा उपाधि जितेको थियो।

त्यस समयको टिममा रहेका कप्तान एवम् गोलरक्षक म्यानुएल नुएर, जेरोमी बोएटिङ, डेभिड अल्बा र थोमस मुलर अहिले पनि बभोरिएन टोलीमा छन्। खेल पिएसजीको पक्षमा गएको खण्डमा च्याम्पियन्स लिगको ७ दशक लामो इतिहासमा २३ औं च्याम्पियन टोली बन्ने सौभाग्य पाउनेछ। बार्यनले ट्रिबल बनाएको खण्डमा बार्सिलोनासँगको रेकर्डलाई समेत बराबर गर्नेछ। क्याटलान टोलीले २००८/०९ र २०१४/५ मा ट्रिबल उपाधि जितेको थियो। 

अर्कोतर्फ पिएसजीले जितेको खण्डमा घरेलु प्रतियोगिता र युरोपेली प्रतियोगिता जित्ने ९ औ ट्रबल टोली बन्ने छ। अर्को अर्थमा आजको खेल जर्मन भर्सेस जर्मन हुनेछ। दुवै टोलीका प्रशिक्षक जर्मनका हुनेछन्। थोमस टुचेलको प्रशिक्षणमा पिएजसी उत्र्ँदा बार्यन हान्सि फ्लिकको प्रशिक्षणमा छ। अनुभवका आधारमा पनि बार्यन बलियो देखिन्छ। यसअघिका १० फाइनल खेलमा ५ उपाधि बार्यनले आफनो पक्षमा पार्न सफल भएको देखिन्छ। यद्यपि च्याम्पियन्स लिगको हेड टु हेडको नतिजा पिएसजीको पक्षमा देखिन्छ। 

च्याम्पियन्स लिगको कुल ८ भेटमा पिएसजीले ५ खेल जित्दा बार्यनको पक्षमा ३ खेल छ। पछिल्लो पटक यी दुई टोली सन् २०१७–१८ को च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गरेका थिए। जहाँ पहिलो लेग ३–० ले जितेको पिएसजी दोश्रो लेगमा ३–१ पराजित हुन पुग्यो। तर दुवै टोली अघिल्ला चरण प्रवेश गरे।  

च्याम्पियन्स लिगको पछिल्लो १० खेलमा बार्यन अपराजित रहँदै आएको छ। उसले १० खेलमा कुल ४२ गोल गरेको छ। च्याम्पियन्स लिगमा बार्यन अपराजित सर्वाधिक गोल गर्ने दोश्रो टोली हो। 

यसअघि बार्सिलोनाले १९९९÷२००० को सिजनमा १६ खेलमा अपराजित रही ४५ गोल गरेको थियो। पिएसजी युइएफए प्रतियोगिताको तेश्रो पटक फाइनल प्रतिस्पर्धा गर्ने लागेको हो। यसअघि युरोपका लिग च्याम्पियनबीच हुँदै आएको युइएफए कप विनर कपको १९९७ संस्करणको विजेता र १९९८ संस्करणको उपविजेता बनेको थियो। 

आजको खेलमा बार्यनका डिफेन्डर जेरोमी बोएटिङ खेल्ने नखेल्ने यकिन छैन। यता बेन्जामिन पाभार्ड भने आजको खेलमा टिममा रहनेछन्। सेमिफाइनलको खेल गुमाएका पिएसजीका गोलरक्षक केलर नाभासले आजको खेलमा टिममा फर्कनेछन्। 

बार्यनविरुद्ध नेयमार, एम्बाप्पे, एन्जल डी मारिया, थिएगो सिल्भा, माक्र्विन्होसको प्रदर्शनमा पिएसजीका समर्थकको नजर हुनेछ। बार्यनका रोवर्टो लेवेन्डोस्की, सर्ज गेन्वेरी, इभान पेरिसिच, गोलरक्षक म्यानुएल नुएर, जोसाउ किमिच, फिलिपे काउटिन्हो, अल्फन्सो डेभिस, थोमस मुलर समर्थकको नजरमा पर्ने खेलाडी हुन्। 

४६ वर्षीय टुचेलको प्रशिक्षणमा पिएसजीले २ वर्षको अवधिमा १ सय ३ खेल खेल्दा ८० जित ११ बराबरी र १२ हारको नतिजा निकालेको छ। यता ३ नोभेम्बर २०१९ मा बार्यनको पूर्णकालीन प्रशिक्षक बनेका ५५ वर्षीय फ्लिकको प्रशिक्षणमा बायर्नले ३५ खेल खेल्दा ३२ खेलमा जित, १ बराबरी र २ हारको नतिजा निकालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.